काठमाडौं : बाँकेमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ।
नेपालगन्ज मेडिकल कलेजमा दाङकी ४२ वर्षीया महिला, भेरी अस्पतालमा दाङकै ७७ वर्षीय बृद्ध र बाँकेका ८० वर्षीय बृद्धको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
योसहित बाँकेमा जिल्लाभित्रका ३०६ र जिल्ला बाहिरबाट उपचारका लागि पुगेका ३३० संक्रमितको मृत्यु भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।