|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा खटिएका पत्रकारलाई पहिलाे डाेजकाे खोप लगाउन आनाकानी गरेको छ। सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न लिखित रूपमा आग्रह गरे पनि मन्त्रालयले खोपको व्यवस्था गर्न नसकेको हो।

सामाजिक विकास मन्त्रालयले गत २६ गते बागमती प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्रमार्फत खोपको व्यवस्था गर्न आग्रह गरेको थियो। तर, खोप दिनेमा मन्त्रालय सकरात्मक देखिएको छैन।

मन्त्रालयका सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले खोपको सुनिश्चितता नभएको भन्दै खोप उपलब्ध गर्न नसकिने बताए। भने,‘पत्रकारलाई खोप लगाउनुपर्ने त आवश्यकता छ,तर खोपको सुनिश्चिता नै छैन,त्यही भएर खोप व्यवस्था गर्न सकिने अवस्था छैन।’

चीनले अनुदान दिएको खोप अहिले देशभर ज्येष्ठ नागरिकहरूलाई पहिलो डोजको खोप दिइरहेको छ। तर,यो खोप पनि सकिएको श्रीवास्तवको भनाइ छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीका अनुसार तीन हजार बढी पत्रकार खोप लगाउनबाट छुटेका छन्।

उनले स्वास्थ्यमन्त्रीलाई खोप उपलब्ध गराउन लिखित रूपमा आग्रह गरे पनि अहिलेसम्म केही जानकारी नगराएको बताए। ‘पत्रकारहरू पनि अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्ति हुन,’उनले भने,‘महासंघले लिखित रूपमा खोपको लागि स्वास्थ्यमन्त्रीलाई पत्र बुझाएको थियौँ,बुझाएको पाँच दिन भइसक्दा पनि मन्त्रीले केही जानकारी दिएका छैनन्,हामी फलोअप गरिरहेका छौँ,उनीहरूले कार्यकर्तालाई मात्र खोप लगाइरहेका छन्।’

                                                   (सामाजिक विकास मन्त्रालयले काटेको पत्र)

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.