|

काठमाडौं : निषेधाज्ञाका बेला सरकारले जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई बेवास्ता गर्छ भने नागरिक सडकमा आउने नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन्।

शुक्रबार बालुवाटारअघि विरोध प्रदर्शन गर्न पुगेका बृहत् नागरिक आन्दोलनका अगुवालाई प्रहरीले भाटभटेनीबाटै नियन्त्रणमा लिएपछि थापाले यस्तो बताएका हुन्।

थापाले ट्विट गर्दै निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत रहे पनि जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थका लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण बेवास्ता गर्छ भने सचेत नागरिक सडकमा आउनुको विकल्प नरहेको बताए।

प्रहरीले नारायण वाग्ले, खगेन्द्र सिटौला, युग पाठक, घिमिरे युवराजलगायत १७ जनालाई आज पक्राउ गरेको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.