|

संखुवासभा : अत्यधिक रक्तश्राव भएकी सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्दार गरिएको छ। संखुवासभाको सिलिचोङ गाउँपालिका –४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्दार गरिएको हो।

जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि अस्पताल प्रशासनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।

अत्यधिक रक्तश्रा हुन थालेपछि शुक्रबार विहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी विश्वकर्मालाई उद्दार गरिएको हो। अत्यधिक रक्तश्राव भएपछि उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत उद्दार गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

बुधबार जिल्ला अस्पताल संखुवासभामा सुत्केरी हुन भर्ना भएकी विश्वकर्माको अप्रेसनमार्फत बच्चा निकालिएको थियो। यस अघि पनि तीन पटक अप्रेसन भएको र पुन अप्रेसन गर्दा विश्वकर्माको पाठेघरमा समस्या भएर अत्यधिक रक्तश्राव भएको अप्रेसनमा संम्लग्न डाक्टर दिपेन्द्र कुमार शाहले जानकारी दिए।

डाक्टर शाहले २६ वर्षीया विश्वकर्माको यो आठाैं बच्चा हो। अत्यधिक रक्तश्राव भएर रगत नरोकिए पछि आमा र बच्चा दुबैको अवस्था जटिल हुन थालेपछि प्रसूति गृहमा पठाइएको गरेको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.