|

 काठमाडौं : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेकी छिन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनले शुक्रबार नयाँ सरकारको गठनको आह्वान गरेकी हुन्। त्यसका लागि उनले दलहरूलाई शनिबार दिउँसो ३ बजेसम्मको समय दिएकी छिन्।

मुख्यमन्त्री गुरुङ संविधानको धारा १६८ (३)  बमोजिम ठूलो दलको हैसियतमा नियुक्त भएका थिए। ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा उनी असफल भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।

संविधानको धारा १६८ (५) बमोजिम विश्वासको मत प्राप्त गर्ने आधार भएका सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन्। 

यसबमोजिम कसैले दाबी गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने संवैधानिक व्यवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.