|

गोरखा :  गणेश लामा प्रहरीको नियन्त्रणबाट छुटेपछि गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलगायत सांसदहरुलाई भेटेका छन्।

बिहीबार साँझदेखि प्रहरी नियन्त्रणमा परेको लामाले शुक्रबार छुटेलगत्तै पोखरा सभागृहस्थित प्रदेशसभा परिसर पुगेर नेपालीसहित अन्य सांसदहरुलाई भेटेका हुन्।

प्रशासनमा दुई हजार जरिवाना तिरेर छुटेका लामा आजै काठमाडौं फर्किने भएका छन्। कारबाही गरेपछि लामालाई जिल्ला प्रशासन कार्यालय कास्कीले काठमाडौं जाने पास उपलब्ध गराएको छ। 

लामालाई बिहीबार कास्की प्रहरीले पोखराको लेकसाइडको एक होटलबाट नियन्त्रणमा लिएको थियो। निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले लामालाई सोधपुछका लागि नियन्त्रणका लागि नियन्त्रणमा लिइएको जनाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.