|

ओखलढुंगा : निषेधाज्ञाका कारण बिहान बेलुका छाक टार्न समस्या भएका चिशंखुगढी गाउँपालिकाका नागरिकलाई  खाद्यान्न सहयोग गिरएको छ। सोच नेपालले कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न मुस्किल भएका चिशंखुगढी–६ भदौरेका २३ घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो

भदौरेका २३ घर परिवारलाई प्रतिपरिवार ३० केजी चामल, डेढ केजी दाल, १ केजी नुन र १ लिटर तेल उपलब्ध गराएको हो। निषेधाज्ञा लागू भएको डेढ महिना बित्दै गर्दा दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्न नागरिकहरुको दिनचर्या कष्टकर बन्दै गएपछि खाद्यन्न उपलव्ध गराएको सोच नेपालका जिल्ला कार्यक्रम अधिकृत बोध नारायण श्रेष्ठले बताए ।

त्‍यस अवसरमा चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले विपन्न र दैनिक छाक टार्न धौधौ भएकाहरुलाई खाद्यान्न सामग्री उपलब्ध गराएर सोच नेपालले उदाहरणीय काम गरेको बताए। बेला-बेलामा आइरहने यस्ता महामारीका कारण दैनिक जीवन निर्वाह कष्टकर बन्ने बताउँदै अर्काको आसमा भन्दा पनि अब नागरिकहरु व्यावसायिकतातर्फ उन्मुख हुनुपर्ने उनको भनाइ थियो ।

गत आर्थिक वर्षमा जिल्लाका लिखु गाउँपालिकाबाहेक सबै स्थानीय तहहरुले लकडाउन प्रभावित नागरिकहरुलाई खाद्यान्न सामग्री उपलब्ध गराएका थिए। तर, यसपटक भने कतै स्थानीय तहहरूले पनि खाद्यान्न सामग्री उपलब्ध गराएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.