|

काठमाडौं : देशभर गत २४ घण्टामा ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिएका छन्।

९ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय ९ र ५ हजार ५ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ६७ जना संक्रमितको मृत्यु भएको छ । 

योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेकाे छ। 

गत २४ घण्टामा काठमाडाैंमा ९ सय २१,ललितपुरमा १ सय ६३, भक्तपुरमा ५६ जना गरी उपत्यकामा १ हजार १ सय ४० जनामा नयाँ संक्रमण पुष्टि भएको छ।

आज ६९ हजार ६ सय ८६ जना संक्रमित होम आइसोलेसन र ५ हजार ५ सय ८९ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ।

११ सय ८९ संक्रमित आइसियु र ३ सय ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.