काठमाडौं : झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा चिकित्सा शिक्षा आयोगको बालुवाटारमा बसेको बैठकमा मत विभाजन भएको छ।
बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आजै सम्बन्धन दिनुपर्ने जोड दिए पनि बैठकमा सहभागी केही सदस्यहरुले बीएण्डसीलाई प्रक्रिया पूरा गरेर मात्रै सम्बन्धन दिनु पर्ने जोड दिएका छन्।
सहभागी एक सदस्यले भने ‘केही प्रकृया पूरा गरेपछि मात्रै सम्बन्धन दिनुपर्ने र अहिलेनै दिनुपर्ने भन्दै मत विभाजन भएको थियो तर, माइन्युट हुँदा के हुन्छ।’
यद्दपि अधिकांश सदस्य बाहिरिसक्दा पनि शिक्षामन्त्री श्रेष्ठले आयोगका उपाध्यक्षलाई अहिल्यै माइन्युट गर्न दबाव दिइरहेका छन्।
बैठकमा सहभागी केही सदस्यहरुले अदालतमा मुद्दा विचाराधिन रहेको, आयोगकै पनि कार्यकारी परिषद् निर्णय नभएको र मनसायपत्रको विवाद कायम रहेको भन्दै सबै विषय टुंग्याएर मात्रै सम्बन्धन दिनुपर्ने जोड दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।