|

गाेरखा : गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन्।

प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्।

नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दबी पेस गरेका छन्। नेपालीको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरूले हस्ताक्षर गरेका छन्।

नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन्। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.