|

गुल्मी : गुल्मीमा निर्माण सामग्री बोकेको ट्रकले किच्दा सहचालकको मृत्यु भएको छ। मदाने गाउँपालिका–२ बाँझकटेरीमा ना २ ख ५७६५ नम्बरको ट्रक ओरालो बाटोमा रोकी ओट लगाउँदै गर्दा ट्रकले किचेर  प्युठानको स्वर्गद्वारी नगरपलिका–३ रुमालेका २० वर्षीय गगन घर्तीको मृत्यु भएको हो ।

घतीृको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। ट्रक अर्घाखाँचीबाट निर्माण सामग्री बोकेर गुल्मी आउँदै गरेका थियो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोली गएको प्रहरीले जनाएको छ। ट्रक चालक प्युठानको माण्डवी गाउँपालिका–५ चकचकेका ३३ वर्षीय सुर्यबहादुर केशी अहिले प्रहरीको नियन्त्रणमा रहेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.