|
प्रतिकात्मक तस्वीर

जनकपुरधाम : महोत्तरीमा घरायसी विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार घरको कुल देवताको विषयमा विवाद हुँदा  दाजुको परिवार मिलेर कुटपिट गरी भाइको हत्या भएको हो।

लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले कुटपिट गरी कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन्।

जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। लक्ष्मणको उपचारको क्रममा काठमाडौंमा शुक्रबार मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

उनका अनुसार लक्ष्मणको शव काठमाडौंमै पोस्टमार्टम गरी अन्त्येष्टिको लागि घर ल्याइएको छ। शुक्रबार राति शव घर ल्याइएको हो।

लक्ष्मणको मृत्यु भएपछि दाइ रामचन्द्रसहित उनका परिवार फरार भएका छन्। उनीहरूको खोजविन र घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी आचार्यले बताए।

स्थानीयहरूले दोषी दाजुसहित उनका परिवारमाथि कारबाहीको माग गरेका छन्। अहिले मृतक लक्ष्मणको घरमा भिड लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.