|

गोरखा : राष्ट्रिय जनमोर्चा (राजमो)को संसदीय दलकी नेता पियारी थापाले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तापक्ष (एमाले) लाई आफ्नो पार्टीको समर्थन नरहेको बताएकी छन्।

एमालेका सांसद पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्रीको दाबी गर्नु अवैधानिक भएको भन्दै उनले आफ्नो समर्थन विपक्षी गठबन्धनलाई रहेको बताएकी हुन्।

उनले भनिन्, ‘राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको समर्थन विपक्षी गठबन्धनलाई रहेको र कृष्ण थापा सांसद पदबाट मुक्त भइसकेको अवस्थामा जनमोर्चाको समर्थनसहित एमाले संसदीय दलको नेताले प्रदेश प्रमुखलाई दिएको पत्र अवैधानिक छ।’

आफ्नो पार्टीका प्रदेशसभामा रहेको दुवै जना सांसदको समर्थन विपक्षी दललाई भएको थापाले बताएकी छन्। फेसबुकमा लेख्‍दै थापाले भनेकी छन्, ‘हामी राष्ट्रिय जनमार्चाका दुवै सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनलाई समर्थन गरेको व्यहोरा जानकारी गराइन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.