|

डडेल्धुरा : जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालले क्रोनिक दुखाइको उपचार सुरु गरेको छ। गत चैत्रदेखि सुरु गरिएको क्रोनिक दुखाइको उपचार कोरोनाका महामारीका कारण बीचमा रोकिएको थियो।

कोरोना संक्रमण कम हुँदै गएपछि असारदेखि पुनः क्रोनिक दुखाइको उपचार सुरु गरिने अस्पतालले जनाएको छ। डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुखका डा तीर्थराज भण्डारीले क्रोनिक दुखाइका बिरामीको उपचार गरिरहेका हुन्।

ढाड दुकाइ, टाउको, जोर्नी, घाटी, हात खुट्टा झम्झमाउनेलगायत सबैका उपचार गरिने डा. भण्डारीले बनाए। क्यान्सरसम्बन्धी दुखाइलाई सुईको माध्यमबाट उपचार गरिने पनि उनले जानकारी दिएका छन्।

डडेल्धुरा अस्पतालमा क्रोनिक दुखाइको उपचार सुरु भएसँगै सुदूरपश्चिमका सात जिल्लाका बिरामीहरूले तराईका जिल्ला र काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.