‘गाँजा खेती अत्यन्तै जरुरी’

|

धनगढी : गाँजा खेतीको वैधानिकताका लागि सुदूरपश्चिम प्रदेशसभामा आवाज उठेको छ।

सुदूरपश्चिम प्रदेश सभाकी सांसद देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी छन्। प्रदेशसभा बैठकमा माओवादी केन्द्रकी सांसद मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन्। 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफमा सांसद मल्लले भनिन्, ‘आयस्रोत, जीवन निर्वाहका लागि गाँजा खेती जरुरी छ। सुदूरपश्चिममा सबैजसो ठाउँमा फाट्टफुट्ट गाँजा खेती गर्ने चलन छ। खासगरी बझाङ र बाजुरामा परम्परादेखि निकै ठूलो मात्रामा गाँजा खेती हुने गर्छ। सुदूरपश्चिमका लागि असाध्यै महत्वपूर्ण रहेको गाँजा खेतीलाई कसरी वैधानिक बनाउन सकिन्छ, प्रदेश सरकारले धारणा बनाएर आवश्यक परे केन्द्र सरकारसँग पनि पहल गरोस्।’

उनले आयस्रोत बढाउन र जीवन निर्वाहका लागि गाँजा खेती जरुरी रहेको बताइन्। 

नेपालमा गाँजा खेती प्रतिबन्धित छ। सन् १९७६ मा लागूऔषध नियन्त्रण सम्बन्धी कानुन बनाएपछि गाँजा खेती प्रतिबन्धित भएको हो। गाँजाको खेती, भण्डारण, सेवन र बिक्रि वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानिएको उक्त ऐन अनुसार २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ। त्यो भन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार जरिवाना हुनसक्ने नियम छ। तर,  सुदूरपश्चिमका अधिकांश जिल्लामा भने लुकीछिपी गाँजाको व्यापार हुँदै आएको छ।

मल्ल बझाङबाट माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.