पूर्वमन्त्री जुली महतोले किरिया खर्चबापत दिइन् जनही १०–१० हजार

|

जनकपुरधाम : धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकै पटक मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले राहतस्वरुप १–१ लाख रुपैयाँ दिने घोषणा गरेको छ। 

धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्वर ६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो। 

मृत्यु भएका ५ जना बालिकाको परिवारलाई प्रदेश २ सरकारले राहत स्वरुपप्रति परिवार एक÷एक लाख रुपैया दिने घोषणा सरकारका तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवले गरेका हुन्। मन्त्री यादव निर्वाचित धनुषा क्षेत्र नं. ३ भित्र नै घटनाको भएको पालिका पर्छ।

प्रादेशिक अस्पतालमा मृतक बालिकाहरूको शव पोष्टमार्टमपश्चात परिवारलाई जिम्मा लगाउने बेला अस्पताल पुगेर मन्त्री यादवले पीडित परिवारजनलाई भेटेर समवेदना प्रकट गर्दै राहत घोषणा गरेका हुन्।

त्यसैगरी क्षेत्र नं. ३ कै संघीय सरकारमा एमालेका तर्फबाट समानुपातिक सांसद तथा निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत भएकी जुली महतोले गाउँमै पुगेर पीडित परिवारसँग भेटघाट गर्दै व्यक्तिगत तर्फबाट पाँच जनाको परिवारलाई प्रतिपरिवार १०/१० हजार रुपैयाँ किरिया याखर्च सहयोग गरेकी छन्। 

महतोले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित तथा शोकाकुल परिवारजन र गाउँबासीप्रति गहिरो समवेदना प्रकट गरेकी छन्। उनले भनिन्, ‘म यहाँको जनप्रतिनिधि, प्रहरी प्रशासनसहित प्रदेश सरकारसँग समेत क्षतिपूर्तिका लागि आग्रह गरेकी छु।’

यसअघि उक्त क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो, नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले विज्ञप्ति तथा समाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजन र गाउँबासीप्रति समवेदना प्रकट गरेका छन्।

मृतक पाँचै जनाको शव पोष्टमार्टम पश्चात दाहसंस्कारका लागि गाउँमा लगिएको छ। उनीहरूको अन्तिम संस्कार गरिएको छ। गरिब विपन्न परिवारका बालिकाहरूको एकैठाउँमा एकै पटक मृत्यु हुँदा अहिले सारा गाउँ शोक मग्न छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.