|

काठमाडाैं : डेनमार्कका मिडफिल्डर क्रिस्टिएन एरिक्सनको अवस्था सामान्य बनेपछि युरोकपअन्तर्गत डेनमार्क र फिनल्यान्डबीच रोकिएको खेल पुनः सुचारु हुने भएको छ।

दुवै देशका खेलाडीहरूले खेल सुचारु गर्न अनुरोध गरेपछि युइएफएले पुनः संचालन गर्न लागेको हो। पहिलो हाफको बाँकी ४ मिनेट खेल हुनेछ। र त्यसपछि ५ मिनेट विश्वास गरेर दोश्रो हाफ संचालन गरिने भएको छ। खेल आजै राति सवा १२ बजे हुने जनाइएको छ।

खेल दौरान पहिलो हाफको ४३ औ मिनेट इरिक्सन बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो। अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.