|

स्याङ्जा : स्याङ्जाको भालु पहाडबाट खसेको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ। सडक डिभिजन पोखराबाट ल्याइएको डोजर, प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो।

गए रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण फेदीखोला-२ को भालु पहाडबाट ठूलो चट्टानसहित पहिरो खसेको थियो।

दुवैतर्फ सवारीसाधन साविक आवतजावत हुन केही समय लाग्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.