|

काठमाडौं :  साउदी अरबले यसपटक पनि कोरोनाका कारण हज गर्न सिमित कोटा तोकेको छ। 

यस वर्ष हजमा ६० हजार मानिसलाई मात्रै अनुमति दिने साउदी सरकारले घोषणा गरेको छ। साथै हज गर्न स्थानीय व्यक्तिलाई मात्रै अनुमति दिइने भएको छ। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै साउदी सरकारले हज गर्न विदेशीलाई रोक लगाउने र सिमित संख्या तोक्ने निर्णय गरेको हो। 

साउदी अरबको विदेश मन्त्रालयले ट्विट गर्दै मानिसको सुरक्षा र स्वास्थ्यमा ध्यान दिँदै यस वर्ष पनि यस्तो कदम उठाउनु परेको स्पष्ट पारेको छ। यसपटक हज गर्न आउने साउदी  भित्रकै नागरिक मात्र हुनेछन् भने उमेर १८ देखि ६५ वर्षभित्रको हुनुपर्नेछ। 

यस्तै हज गर्न आउनेले कोरोनाको खोप लगाएको हुनुपर्नेछ। हज गर्न आउनेमा कुनै पनि प्रकारको गम्भीर रोग वा कुनै स्वास्थ्य समस्या नभएको हुनुपर्नेछ। साउदी अरबको यो निर्णयको इस्लामिक देशहरुको समूह ओआईसीले समर्थन गरेको छ। ओआईसीका महासचिव डाक्टर युसुफ अल ओथाइमीनले साउदीको हज मन्त्रालयले गरेको निर्णयको स्वागत गरेका हुन्। 

गत वर्ष पनि हजयात्रामा कोरोनाले असहज बनाएको थियो। गत वर्ष त जम्मा १ हजार जनालाई मात्र हजको अनुमति दिइएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.