|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशमा प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।

जसपा प्रमुख सचेतक पुर्मति ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आइतबार ह्वीप जारी गरेकी हुन्।

वक्तव्य जारी गर्दै प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन्।

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।

अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम–उपेन्द्र पक्ष हुन्। सरकारमा सहभागी भएकाहरू  महन्थ–राजेन्द्र पक्षधर हुन्। लुम्बिनी प्रदेश सभामा अर्थमन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रममाथि जवाफ दिइरहेका छन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.