|

रौतहट : रौतहटमा एक जनाले श्रीमतीमाथि तेजाब प्रहार गरी घाइते बनाएका छन्। चन्द्रपुर नगरपालिका–४ दिपक बिकले कि ३८ वर्षीया दिपिका बिकमाथि तेजाब प्रहार गरेका हुन्।

शनिबार साझ आफनै कोठामा श्रीमान श्रीमती बीच घरायसी बिवाद हुदा दिपकले तेजाब प्रहार गरेका थिए। घाइते दिपिकाको चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका अनुसार दिपिकाको शरीरको करिब १५ प्रतिशत भन्दा बढी भाग जलेको छ। तेजाब प्रहारबाट उनको देब्रे हात र पेट जलेको छ। तेजाब प्रहार गर्ने दिपकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए।

दिपकको कुटपिटबाट दिपिकाको गालामा चोट लागेको थियो। विवादपछि बाहिर निस्केका उनले बोतलमा तेजाब लुकाएर ल्याएका थिए। तेजाब प्रहार गर्न खोज्दा दिपिकाले देखेर खोस्ने क्रममा हातमा र मुखमा परेको पीडित महिलाले बताएकी छिन्।

पक्राउ परेका दिपकलाई म्याद थप्नको लागि जिल्ला अदालत रौतहट गौर पठाइएको डिएसपी लामिछानेले जानकारी दिए। उनीमाथि तेजाब प्रयोग गरी घाइते बनाएको सम्बन्धी मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ। दिपक सुनचाँदी व्यवसायी हुन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.