|

काठमाडौं : प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पनि पारित भएको छ। आज बसेका प्रदेश सभाका छुट्टाछुट्टै बैठकमार्फत अबेर गरी आगामि आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम पारित गरिएको हो। 

सुदुरपश्चिम प्रदेशको नीति कार्यक्रम बहुमतले र प्रदेश नम्बर २ को नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। यसअघि आजै प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशको नीति कार्यक्रम पनि बहुमतले पारित भएको थियो। 

कर्णाली प्रदेशमा भने नीति कार्यक्रममाथिको छलफल नसकिएपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।

भोलि दिउँसो २ बजे बस्ने बैठकमा सांसदहरुले बोल्ने क्रम सकिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिने तयारी छ। त्यसपछि नीति कार्यक्रम निर्णयार्थ पेश गरिने छ। 

बागमती प्रदेशमा भने शुक्रबार नीति कार्यक्रम पारित भइसकेको छ। गण्डकी प्रदेशमा नयाँ सरकार बनेपछि नीति तथा कार्यक्रम ल्याउने तयारी थालिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.