|

हेटौंडा : संसदमा दिएको अभिव्यक्तिविरुद्ध कुनै पनि कानुन नलाग्ने नेपालको संविधानमा व्यवस्था गरिएको छ। तर बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध आज मकवानपुरमा किटानी जाहेरी दर्ता भएको छ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएका उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता भएको हो।

नेपालको संविधानको धारा १८७ मा प्रदेश सभामा पूर्ण वाक स्वतन्त्रता रहने र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा अदालतमा कारबाही नचलाइने उल्लेख छ।

तर जिल्ला युवा संघ मकवानपुरले वैद्यले प्रधानमन्त्रीविरुद्ध नाथुराम गोड्से बन्छु भनेर हत्या गर्ने धम्की दिएको भन्दै ज्यान मार्ने कसुरमा किटानी जाहेरी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले संघले नेपालको संविधानको धारा १८७ लाई धारा १७ को १ ले काट्ने, फौजदारी आचारसंहिताको दफा १७७ को दफा ३५ को १ र २ बमोजिम कसुर गरेको हुनाले वैद्यलाई कारबाही गर्न माग भएको बताए।

उनले कानुनको धारा उल्लेख गरेर जाहेरी परेको हुनाले दर्ता गरिएको भन्दै कानुनी व्यवस्थाअनुसार अघि बढ्ने बताए। रिमालले कानुनको व्याख्या प्रहरीले नगर्ने भन्दै सरकारी वकिलसँग परामर्श गरेर अनुसन्धान बढाउने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.