|

गोरखा : गण्डकी प्रदेश सभाका सांसद मेखलाल श्रेष्ठले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएका छन्। 

सांसद श्रेष्ठले शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि ड्युटिमा खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक  श्याम थापामगर माथि कांग्रेसका सांसद श्रेष्ठले हिसाव किताव हुन्छ भन्दै धम्की दिएका हुन्।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राजमो र स्वतन्त्र सांसद राजिव गुरुङ सहितका सांसद प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेको बेला सांसद श्रेष्ठ र प्रहरीबीच भनाभन भएको थियो।

आफ्नो गठबन्धनका सांसदलाई मुख्यमन्त्री नियुक्त नगरेको भन्दै सांसदहरु धर्ना बसे थिए। कोरोना महामारीको समयमा  स्वास्थ्य मापदण्ड बिना खचाखच भिडभाड थियो।

सांसदहरुको धर्नामा गठबन्धन पार्टीका कार्यकर्ताहरु पनि सहभागी हुँदा प्रहरीले रोक्न खोजेपछि उक्त भनाभन भएको हो। सांसद श्रेष्ठले भने आफुले प्रहरी अधिकृतमाथि धम्की दिएको अस्वीकार गरे।

‘म धर्ना बसेर पिसाव फेर्न गएँ। फेरेर फर्केपछि धर्ना बसेकै ठाउँमा जान खाेजेँ तर प्रहरीहरुले रोक्न खोजे। म माननीय हो भने पनि जान दिएनन्’ उनले भने,‘त्यतिबेला ८–१० जना प्रहरीले हर्कत गर्न थाले। त्यसपछि मैले यो लोकतन्त्रको विरुद्धमा तपाईहरुले यस्तो हर्कत नगर्नु न भनेको हुँ। तपाईले जुन व्यवहार गर्नुभयो त्यसको लेखाजोखा गरिन्छ, गर्नुपर्छ भनेको हो। यो व्यवहार नोटिसमा आयो भनेको हो। हिसाव किताव राखौँला भनेर कुनै अर्को सेन्समा भनेको हैन।’

उनले दिएको धम्की भने सामाजिक संजालमा भाइरल भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.