|

काठमाडाैं : युरोकपअन्तर्गत समूह 'डी' मा रहेको इंग्ल्याण्डले क्रोएसियालाई हराउँदै विजयी सुरुवात गरेको छ। भर्खरै सम्पन्न खेलमा क्रोएसिया १-० गोलअन्तरले पराजित हुन पुग्यो। 

इंग्ल्याण्डलाई जिताउन एक मात्र गोल म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टरलिङले गरे। उनले ५७ औं मिनेटमा गोल गरेका थिए। समूह 'डी' पहिलो खेल सकिएको छ। यस समूहमा यी दुईबाहेक चेक रिपब्लिक र स्कटल्याण्ड पनि छन्। यी दुई टिमबीच भने भोलि साँझ खेल हुनेछ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.