|
प्रतीकात्मक तस्बिर

सल्यान : कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई टेलिफोनबाट परामर्श सेवा प्रदान गरिएको छ। सुआहारा दोस्रो कार्यक्रम सल्यानले स्वास्थ्य सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरको हौसला बढाउन फोन सेवा सुरु गरेको हो।

गर्भवती र सुत्केरीलाई टेलिफोनबाट परामर्श दिने, उनीहरुको मनोबल बढाउने काम भइरहेको सुआहारा दोस्रो कार्यक्रमका फिल्ड संयोजक तोरन बुढाथोकीले बताए। गर्भवती तथा सुत्केरीको स्वास्थ्यमा आउने परिवर्तन, जटिलताबारे जानकारी दिइरहेको उनले बताइ। 

‘गर्भावस्था र सुत्केरी अवस्थामा आउने मानसिक तथा शारीरिक परिवर्तनले उनीहरुको मनोबल कमजोर हुने, गलत विचार आउने, डराउने हुन्छ,’ उनले भने, ‘यस्तो बेला स्वास्थ्य संस्थामा आउन नसकेका, स्वास्थ्यकर्मी भेट्न डराएकाहरु खुलेर कुरा गर्लान् भनी सक्रिय गराएका छौं।’

निषेधाज्ञाको अवधिदेखि हालसम्म १ हजार २५० सुनौलो हजार दिनका आमाले टेलिफोन मार्फत परामर्श दिइएको बुढाथोकीले जानकारी दिए। ‘४७१ गर्भवती र ७८२ जना २ वर्षभन्दा कम उमेर भएका बच्चाको घर र ३३७८ अन्य घरधुरीमा परामर्श दिइएको छ,’ उनले भने, ‘टेलिफोनमा सल्लाह दिने भन्दा पनि उनीहरुको खानपान परिवारका सदस्यहरुलाई पोषणबार ज्ञान दिने काम समेत भइरहेको छ।’

नियमित आइरन र क्लाल्सियम खान लगाउने, पहिलो र अन्तिम गर्भ जाँचका लागि अनिवार्य स्वास्थ्य संस्था जान सल्लाह दिने, समस्या भए स्वास्थ्यकर्मीको फोन नम्बर दिने जस्ता काम भइरहेको पोषण सहजकर्ता प्रकाश नेपालीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.