|

सुर्खेत : एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आगामी आर्थिक वर्षको बजेटमा समावेशी गर्न माग गर्दैै मागपत्र बुझाएको छ।

आइतबार प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको टोलील माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीलाई आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेटमा समावेश गर्न माग गर्दै १९ बुँदे मागपत्र बुझाएको हो।

मुख्यमन्त्री सचिवालयका अनुसार मुख्यमन्त्री शाही र नेता कँडेल नेतृत्वको टोली बीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको जनाएको छ। उक्त छलफलसँगै नेता कँडेलले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न १९ वुँदे मागपत्र पेश गरेको हुन्।

एमालले दशौं राष्ट्रिय खेलकुललाई मध्यनजर गर्दै रंगशाला निर्माणका लागि ५० करोड, लोकप्रिय जनता सडकलाई निरन्तता दिनका लागि १० करोड, सुर्खेत चक्रपथ निमार्णका लागि न्यूनतम २० करोड रकम विनियोजन गर्न माग गरेको छ।

त्यस्तै, सुर्खेत मुलपानी, तेलपानी र बर्दिया भुरीगाँउ सडकको मुलपानी रानीघाट खण्डको लागि १० करोड, निर्वाचन क्षेत्रका लागि न्यूनतम १० करोड, औपचारिक संरचना निर्माणका, दलित समुदायको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि न्यूनतम ५० करोड, प्रदेश अस्पतालको पूर्वाधार निर्माण विकासको लागि २५ करोड रुपैँया छुट्याउ एमालेले माग गरेकोछ।

साथै नयाँ बजेट पहिलेको जस्तो डल्लो बजेट विनियोजना नर्गन पनि माग गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.