|

काठमाडौं :  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिएका छन्। 

हिजो इजरायली संसद्ले नेतन्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेसँगै नेतन्याहू लामो समयपछि सत्ताबाट बाहिरिएका हुन्। नेतन्याहूको बहिर्गमनपछि दक्षिपन्थी यामिना पार्टीका नाफ्टाली बेनेट प्रधानमन्त्री बनेका छन्। 

गठबन्धनले हालै गरेको सहमतिअनुसार बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म प्रधानमन्त्री बन्न पाउने छन्। त्यसपछि भने उनले येस अतीर पार्टीका याइर लापिडलाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ। नेतन्याहू सन् २००९ देखि लगातार प्रधानमन्त्री पदमा थिए। नयाँ प्रधानमन्त्री बनेका ४९ वर्षीय नाफ्ताली अमेरिकी आप्रवासीका सन्तान हुन्। उनी सन् १९९६ मा सैनिक सेवाबाट अलग हुनु भएको थियो। 

त्यसको ३ वर्षपछि क्योटा नामक प्रविधि कम्पनी खोलेका उनले कम्पनीमा ६ वर्ष बिताएपछि १४ करोड ५० लाख अमेरिकी डलरमा बिक्री गरेका थिए। उनी सन् २००६ को लेबनान युद्धपछि राजनीतिमा सक्रिय भएका थिए। उनले सन् २०१९ देखि सन् २०२० सम्म रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.