काठमाडौं : ठमेलस्थित एलओडीले असार १ गतेदेखि निषेधाज्ञाले समस्या भएका गरिबी र मजदुरहरूलाई नि:शुल्क खाना खुवाउने भएको छ। कोही भोकै नपरून् भनी खाना अभियान सञ्चालन गर्न लागेको एलओडीका निर्देशक रवीन श्रेष्ठले बताए। उनका अनुसार मंगलबार ठमेलको आफ्नै प्रांगणनमा साँझ पाँच बजे खाना वितरण अभियान सुरु गरिनेछ।
‘कोभिड रोगसँग लड्नु त छदै छ,’उनले भने,‘यस अवस्थामा कोही भोकै बस्न नपरोस् भनी हामीले यो अभियान सञ्चालन गर्न लागेका हौँ।’ उनले कोही खान नपाएमा ती व्यक्तिलाई पठाउन पनि आग्रह गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।