|

बाँके : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कर्मचारीहरु आन्दोलित भएका छन्।

कर्मचारीहरुले सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालको प्रशाशन फाँट घेराउ गरी आन्दोलनको शुरुवात गरेका हुन्। चार महिनादेखि तलब नपाएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। दुई घण्टा सम्म प्रशासन शाखा घेराउ गरेर  उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्तालगायतको माग गरेका छन्।

मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने बताए। ‘असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका हाम्रा माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्छौं’ उनले भने।

फागुनयताको तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको बस्यालले बताए। आन्दोलनमा उत्रिए पनि अस्पतालको नियमित काममा असर नपरेको उनले दाबी गरे। कर्मचारी संगठन की महासचिव रत्ना गिरीले कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब नपाएको बताइन्।

‘कोभिडमा ड्युटी गर्नुपर्छ, घर नजानुस्’ भनेर काम लगाएको व्यवस्थापन पक्षले अहिले तलब भत्ता नदिँदा कर्मचारीहरु मर्कामा परेको उनले सुनाइन्। १० दिन ड्युटी गरेर सात दिन क्वारेन्टिनमा बस्न भनियो। तर क्वारेन्टिनमा बसेको अवधि बिदामा जनाइदिएर व्यवस्थापन पक्षले अन्याय गरेको महासचिव गिरीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.