|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण नियन्त्रणमा रहेको र अहिले घट्दै गइरहेको बताएका छन्। 

अमेरिकी टेलिभिजन च्यानल सिएनबिसीलाई दिएको अन्तरवार्तामा ओलीले अहिले संक्रमणदर ७५ प्रतिशतसम्म घट्दै गएको बताएका हुन्। 

उनले दोस्रो लहरको सुरुवातमा संक्रमण र मृत्युदर दुबै बढेको बताए। ‘त्यतिबेला हामीकहाँ अस्पतालमा बेड पुगेन, अक्सिजन, अक्सिजन सिलिन्डरको अभाव भयो, प्रधानमन्त्री ओलीले भनेका छन्, 'अहिले सबै कुरा हाम्रो नियन्त्रणमा छ।’ 

प्रधानमन्त्री ओलीले अहिले आफूहरुलाई कोरोनाविरुद्धको खोप आवश्यक परेको पनि बताए। खोप उत्पादक र विश्व समुदायलाई उनले खोप सहयोगका लागि आग्रह पनि गर्दै यसअघि खोप सहयोग गरेका मित्रराष्ट्रलाई धन्यवाद पनि दिएका छन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.