|

काठमाडौं : काठमाडौंमा कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा रहेर योगदान गरेका दिवंगतहरूलाई सम्झँदै दीप प्रज्वलन गरिएको छ। 

रत्नपार्कमा रहेको आकाशे पुलको भित्तामा विगत केही दिनदेखि चार कलाकारहरूले अग्रपंक्तिमा आफ्नो ज्यान जोखिममा राखेर खटिएकाहरूको चित्र बनाएका थिए।

उक्त  पेन्टिङमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, पत्रकारहरूको पेन्टिङ कोरिएको छ। कोरोना महामारीका कारण ज्यान गुमाउनेहरूलाई सम्झँदै उक्त पेन्टिङ आगाडि दीप प्रज्वलन गरिएको।

दीप प्रज्वलनमा अग्रपंक्तिमा खटिने स्वास्थकर्मी, सुरक्षाकर्मी,पत्रकारहरूले क्यान्डल बालेर सम्झिएका थिए। 

कोरोना महामारीमा अग्रपङ्तिमा रहेर  खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर रत्नपार्कको आकाशेपुलमा सडक कला बनाइएको छ।

कलाकारहरू सांगे थिमे लामा, कृपा शेर्पा, सुम्निमा श्रेष्ठ र राजेश महर्जनले उक्त कला बनाएका हुन् भने स्वयंसेवकतर्फ कुन्जाङ शेर्पा, अभिषेक आत्रेय र मातृका तिमिल्सिना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.