|

गुल्मी : गोर्खा वेलफेयर ट्रष्टले गुल्मी अस्पताललाई करिब साढे एघार लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोरोना माहामारीको बेला उपचारमा सहजता होस भनी स्वास्थ्य सामग्री प्रदान गरेको ट्रष्ट गुल्मीका प्रमुख गमबहादुर थापाले बताए।

ट्रष्टले चार थान अक्सिजन कन्सन्ट्रेटर, ३० थान अक्सिमिटर, ३०० थान पिपिई, एक हजार थान सर्जिकल मास्क, ८० थान केएन ९५ मास्क, डिस्पोजल ग्लोब्स एक हजार थान, मेडिकल गाउन ५० थान, थर्मल गन २ थान, स्यानिटाइजर, गमबुट, सुज कभर, हेन्ड क्याप, डसबिन, सेफ्टी ज्याकेटलगायतका स्वास्थ्य सामग्री अस्पताललाई प्रदान गरेको हो।

स्वास्थ्य सामग्री ग्रहण गर्दै अस्पतालका प्रमुख डा. उत्तम पच्याले प्राप्त सामग्रीले कोरोना रोकथाम तथा उपचारमा थप सहजता हुने बताए। अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेकोमा उनले ट्रष्टलाई धन्यबाद व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.