|

गोरखा : गोरखा प्रशासनले लगातार परेको वर्षाका कारण बिभिन्न नदीनाला आसपासको क्षेत्र बाढी, पहिरो तथा डुवानको उच्च जोखिममा रहेको भन्दै सर्तक रहन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत हर्क रोकाले मंगलबार  एक विज्ञप्ती जारी गर्दै सर्तक रहन आग्रह गरेका हुन्।

विज्ञप्तीमा लेखिएको छ, ‘जिल्लास्थित नदीनाला आसपासका स्थलहरूमा बाढी आउन सक्ने उच्च जोखिम रहेकाले त्यस्ता स्थानहरूमा नजान, सो क्षेत्रमा बसोबास गर्ने घर परिवारहरू उच्च सतर्कताको अवस्थामा रहन, जोखिम आकलन गरी सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा स्थानीय पालिका र सुरक्षा निकायको निरन्तर सम्पर्कमा सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ।'

सतर्कता अपनाउन जिल्ला प्रशासनले जारी गरेको सूचना :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.