|

गुल्मी : बर्षाले घर भत्किँदा इस्मा गाउँपालिका ५ मैदानमा एक जना घाइते भएका छन्।

दुई दिनदेखिको अविरल बर्षाले राजेश परियारको निर्माणाधिन घर भत्किएपछी उनकी श्रीमती २९ वर्ष की जानुका परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

घर भित्र पुरिएकी परियारको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। त्यस्तै, इस्मा १ उजुङकी छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले भत्किएको छ। तर मानवीय क्षती भएको छैन। अत्यधिक बर्षा भइरहेकाले जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.