|

मकवानपुर : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बागमती प्रदेशसभाको आज बेलुकी बसेको प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको जनाएको छ। पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.