|

काठमाडाैं : क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी २ गोलको मद्दतमा पोर्चुगलले युरोकपमा विजयी सुरुवात गरेको छ।  भर्खरै सकिएको हंगेरीविरुद्धको खेलमा पोर्चुगल ३-० गोलअन्तरले विजयी भएको हो। पोर्चुगललाई जित दिलाउन राफेल गुरिरोले पहिलो गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा उत्कृष्ट गर्दै गर्दै पोर्चुगलले जित निकाल्न सक्यो। रोनाल्डोले पहिलो गोल पेनाल्टीमार्फ गरेका थिए। 

रोनाल्डोको बन्यो कीर्तिमान

रोनाल्डोले आज २ गोल गर्दै युरो कपमा सर्वाधिक गोर गर्ने कीर्तिमानी बनाएका छन्। पाँचाैं पटक युरोकप खेलेका उनले युरोकपमा ११ गोल गरे। उनलाई रेकर्ड बनाउन मात्र १ गोलको आवश्यकता थियो। यसअघि फ्रान्सका मिचेल प्लाटिनीसँगै उनले युरो कपमा ९ गोल गरेका थिए। 

हंगेरीविरुद्ध ८७ औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि प्लाटिनीको कीर्तिमान तोडिएको हो। रोनाल्डोले इन्जुरी समयमा टिमका लागि दोश्रो गोल गरेपछि युरोमा उनको गोल संख्या ११ पुगको हो।

रोनाल्डोले प्लाटिनीको कीर्तिमान पाँचौ पटक युरोकपमा सहभागितापछि तोड्न सफल भए। यद्यपि एकै संस्करणमा सर्वाधिक गोलको कीर्तिमान भने अझै प्लाटिनीको नाममा नै छ।

उनले एकै संस्करण सन् १९८४ मा ९ गोल गरेका थिए। अर्को संयोग रोनाल्डोको पहिलो युरो गोल र प्लाटिनीको रेकर्ड ब्रेकर गोल पेनाल्टीमार्फत नै भएको छ। रोनाल्डोले सन् २००४ को युरोकप ग्रीसविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.