|

काठमाडौं :  इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ।

गाजा सहरमा आज बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ। विस्फोटबाट भएको मानविय क्षतिबारे खुलेकाे  छैन।

विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ। इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गत मे २१ मा युद्धविराम भएको थियो।

इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षेत्रमा आक्रमण गरेको जनाएको छ। मंगलबार हमासले जेरुसलममा कारबाही गर्ने चेतावनी दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.