|

काठमाडौं : डाक्टर हेमन्त खतिवडाको 'भजन संग्रह' सार्वजनिक भएको छ।

संग्रहभित्र लयात्मक कविता र आध्यात्मिक गीतहरूको समावेश रहेका छन्। भगवान गणेश,राम, शिव, दुर्गा,हनुमान,सरस्वती, विष्णु कृष्ण,लक्ष्मीको भजनहरू संग्रहभित्र रहेका छन्।

उक्त संग्रहमा १०६ वटा भजनहरू छन् भने आशा भोस्ले, साधना सरगम,कैलाश खेर,पण्डित जसराज, कुमार सानु लगायतका गायहरूको संग्रहमा आवाज रहेको छ।

यसभित्र कतिपय क्लासिकल भजनहरू छन् भने केही भजनको प्रचलित परम्परा भन्दा फरक किसिम छन्। मृत्युलाई पनि उत्सवको रुपमा चित्रण गरेर भजनहरू लेखिएका छन्। जीवन जस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजनहरू संगह्रमा रहेका छन्।

 'आध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनहरूले उत्प्रेरणा र प्रेरित गर्ने खालका जीवन दर्शन बुझाएको छु',खतिवडाले भने। खतिवडाको यो पहिलो भजन संग्रह हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.