|

काठमाडौं :  सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीले त्यस आसपासका घरहरुमा ठूलो क्षति पुर्‍याएकाे छ। बाढीका कारण अहिलेसम्म ७ जना बेपत्ता भएका छन्। दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

मेलम्ची नदी किनारका बस्ती सबै बाढीले पुरेकाले कति मानिस हराएका भन्ने अझै यकिन गर्न सकिएको छैन। बिजुली आपुर्ति बन्द रहेको र संचार सम्पर्क पनि टुटेका कारण सूचना संकलनमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रबक्ता डिएसपी प्रकाश सापकोटाले बताए।

उनका अनुसार बाढीले ३ वटा पक्की र एउटा झोलुङ्गे पुल बगाएको छ। हेलम्बु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छिरिङ ग्याल्वु लामाले मेलम्ची नदी किनारका झण्डै दुई दर्जन घर बगाएको बताए। मेलम्ची खोलामा अझै पानीको बाहब घटेको छैन। छिनछिनमा नदीले धार परिवर्तन गर्दा जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। 

केही तस्वीर झलक ;

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.