|

सल्यान : कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको सल्यान जिल्ला अस्पतालमा सम्पूर्ण सेवा बुधबार (आज)देखि सञ्चालनमा आएको छ।

कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएपछि अस्पतालले सम्पूर्ण सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्र सञ्चालन गर्दै आइरहेको थियो।

कोरोना भाइरस संक्रमण घटेसँगै बुधबारदेखि अस्पतालका सम्पूर्ण सेवाहरु सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए।

संक्रमण दर र जटिल केसहरु  कमी आएपछि बिहीबारदेखि रोग संक्रमण न्यूनीकरणका सम्पूर्ण मापदण्ड पुरा गरेर पहिलेझैँ नियमित रुपमा सेवा प्रदान गरिने उनले बताए। यसअघि कोरोना भाइरस संक्रमित, आकस्मिक बिरामीहरुको मात्र उपचार हुँदै आइरहेको थियो। झन्डै दुई महिनापछि सल्यान अस्पतालले सम्पूर्ण सेवाहरु प्रदान गर्न थालेको हो।

सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा अहिले चार जना मात्र उपचारत रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.