|

काठमाडौं : गायक प्रमोद खरेलको स्वरमा सजिएको 'तिमी बोलाउ मात्र' बोलको गजल सार्वजनिक भएको छ।  नवलपुरको आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित ह्याप्पी एफ एमले निर्माण गरेको सो गजललाई ह्याप्पी टाइम्स टिभी मार्फत रिलोज गरिएको हो।

 गजलमा तिलक बम मल्लको संगीत रहेको छ। सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशिलले लेखेका हुन्। नवलपुरको देवचुली नगरपालिकाको विभिन्न ठाउँमा सुटिङ गरिएको सो गजलमा प्रेमिल जोडीको वियोगान्त प्रेम कथालाई देखाउन खोजिएको छ।

सो गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर्मी तथा मोडल एलिना केसीको अभिनय रहेको छ। दीपेश कडरियाले निर्माण गरेको उक्त गजललाई जनक पाण्डेले निर्देशन गरेका हुन्। गजलको छायांकन तथा एडिटिङ्ग रिन्कु सापकोटाले गरेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.