|

जनकपुरधाम : धनुषामा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ५० वर्षीय पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका २२ बसबिट्टीकी एक ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने ५० वर्षीय छेदु मण्डललाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार पीडित परिवारले दिएको उजुरीको आधारमा मण्डललाई पक्राउ गरिएको हो।

मण्डलले बालिकालाई खेलाउन भनी मंगलवार घरमा लगेको र पछि आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडित बालिकाका परिवारजनले आरोप लगाएका छन्।

अबेर साँझसम्म बालिका घरमा नफर्केपछि परिवारले खोजतलास गर्दा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा बेहोसी हालतमा फेला परेका थिए। बालिकालाई त्यस्तो अवस्थामा देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

बालिकाको उपचार भइरहेको छ भने आरोपीलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.