|

पाल्पा : ऐतिहासिक पर्यटकीय महत्व बोकेको रानीमहल यतिबेला जोखिममा परेको छ। चार दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीले रानीमहल क्षेत्र जोखिममा परेको हो।

गाईघाट खोलासँगै बगेको बाढीले रानीमहल परिसर डुबानमा परेको छ। लेदो माटो र ढुंगासहितको बाढीका कारण रानीमहल आउन जानसमेत कठिन भएको छ।

कालीगण्डकी नदीको बहावले रानीमहलको तल्लो भाग कटान गरिरहेको छ। रानीमहल जाने मोटर माटो निर्माण क्रममा रहेकाले माथिल्लो भागबाट यति ठूलो बाढी गएको स्थानीय युवा व्यावसायी बसन्त कुँवरले बताए।

सडक निर्माण गर्दा फालिएको माटो र सडक छेउमा रहेका निर्माण सामग्री बाढीले बगाएर लगेको छ। त्यसैले यहाँ विगत वर्षभन्दा ठूलो बाढी पसेको उनले जानकारी दिए।

रानीमहल वरिपरि रहेका होटल तथा रेष्टुरेण्ट बाढीले डुबाएको छ। आधा दर्जनभन्दा बढी रेष्टुरेण्ट संचालनका लागि बनाएका टहरा डुबानमा परेका कुँवरले बताए।

रानीमहलको मुख्य गेटनेर निर्माण गरिएको बगैँचासमेत बाढीले क्षतविक्षत पारेको छ। रानीमहल नजिकैको सडकसमेत बाढीले भत्किएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.