|

अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक १० जना तालिवानी लडाकू मारिएका छन्। अफगान सेनाले कारबाहीमा ६ जना लडाकू घाइते भएको पुष्टि गरेको छ।

राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिवानी लडाकूलाई लक्षित गरी बिहीबार बेलुका कारबाही गरिएको सेनाले जनाएको छ।

सेनाले प्रकाशन गरेको विज्ञप्तिमा वार्डुका प्रान्तको निर्ख जिल्लामा भेला हुन थालेका तालिवानी लडाकुलाई लक्षित गरी सेनाले आक्रमण गरेको उल्लेख छ। गत मे महिनामा भिषण संघर्षपछि निर्ख र त्यसको छिमेकी जलरेज जिल्लालाई तालिवान समूहले नियन्त्रणमा लिएका थिए।

तालिवान समूहले पछिल्लो भिडन्तका बारेमा केही बताएका छैन। संयुक्तराज्य अमेरिका र नेटोका सेनाहरु अफगानिस्तानबाट फिर्ता हुँदै गर्दा देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.