|

काठमाडौं :  मंगलबार साँझबाट आएको मेलम्ची र इन्द्रावती खोलाको बाढीले सिन्धुपाल्चोकलाई प्रभावित पारेको छ।

हेलम्बु गाँउपालिका हुँदै बग्ने मेलम्ची खोला र पाँचपोखरी गाउँपालिका हुँदै बग्ने इन्द्रावती खोलामा आएको बाढीले एउटा सुन्दर बजारलाई बगरमा परिणत  गरिदिएको छ।

बाढीले हेलम्बु तथा मेलम्ची क्षेत्रका धेरै व्यापारी र स्थानीयको अर्बौंको क्षति भएको प्रारम्भिक अनुमान छ। ट्राउट माछाको हबको रुपमा चिनिने मेलम्ची नदीका ८ भन्दा धेरै ट्राउट फर्ममा पूर्ण रूपले क्षति पुगेको छ।

बाढीले ३ जनाको ज्यान लिएको छ। ३ विदेशीसहित २० जना बेपत्ता भएका छन्। नेपाली सेना लगायत सुरक्षा निकाय उद्धार कार्यमा खटिरहेका छन् भने अहिले पनि स्थानीयहरू पुन: बाढी आउने त्रासमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.