|

बाँके : बाँकेको भेरी अस्पताल नेपालगन्जमा  केही दिनअघि डाक्टर र नर्समाथि आक्रमण गर्ने  तीनै जना आज (आइतबार) रिहा भएका छन्। उनीहरू तीनै जना जनही ५०/५० हजार धरौटी बुझाएर रिहा भएका हुन्।

जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्ने तुलसीपुर उपमहानगरपालिका–११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले  जानकारी दिए।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। गत जेठ १३ गते राति ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका-११ उरहरीका ५४ वर्षीय डिल्ली रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए। उनीहरू मृतकका सहोदर भाइ र छोरा हुन्।

उनीहरू तीनै जनालाई सोही दिन राति पक्राउ गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो। उनीहरू २४ दिन प्रहरी हिरासतमा बसेर रिहा भएका हुन्।

चिकित्सकहरूको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप उनीहरूले लगाउँदै आएका थिए। अन्धाधुन्ध आक्रमण गर्न थालेपछि ज्यान जोगाउन डा चन्द्रप्रकाश साहु, नर्सहरू सदीक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर ज्यान जोगाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.