काठमाडौं : युरो कप फुटबलमा आज चार खेल हुँदैछन्।
जारी युरो कपको समूह चरण अन्तर्गत आज समूह ’बी’ र समूह ’सी’ का दुई दुई खेल हुनेछन्। समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ। दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन्। युक्रेन र अष्ट्रियाबीचको खेल ९ः४५ बजे नै सुरु हुनेछ।
समूह ’बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ। बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ। दुई टिमबीचको खेल राति १२ः४५ मै सुरु हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।