|

रामेछाप :  रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा पहिलोपटक बहुउपयोगी जडीबुटी यार्सागुम्बा भेटिएको छ। शैलुङमा विभिन्‍न जडीबुटी पाइने अनुमान गरे पनि पहिलो पटक यार्सागुम्बा भेटिएको हो।

पहिला पनि यो ठाउँमा यार्सा पाइने अनुमान गरिएको भए पनि फेला परेको थिएन तर यस पटक यार्सा सङ्कलनको अनुभव भएका व्यक्तिलाई ल्याई खोजी गर्दा यार्सा भेटिएको स्थानीयको भनाइ छ।

योपटक अनुभव भएका व्यक्तिलाई लिएर खोजी गर्ने क्रममा बहुउपयोगी जडीबुटी यार्सागुम्बा भेटिएको शैलुङका दावासङ्वु शेर्पाले जानकारी दिए।

शैलुङमा यार्सागुम्बा फेला परेपछि दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले बहुमूल्य यार्सागुम्बा फेला परेको सो क्षेत्रलाई अब संरक्षण गरिने बताएका छन्। रामेछाप र दोलखाको सिमाना शैलुङ भौगोलिक बनावटका कारण सुन्दर र रमणीय स्थानका रुपमा परिचत भए पनि यो खवरले आफूहरु झन् उत्साहित भएको भन्दै पालिकाले बजेट विनियोजन गरेर यार्सा संरक्षणको काम थाल्ने बताए।

शैलुङ क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बा फेला पर्नु खुसीको कुरा भएकाले अव तत्काल नै यसको संरक्षणमा आफुहरु जुट्ने मोक्तानको भनाइ छ। आफ्नो पालिकाअन्तर्गत पर्ने क्षेत्रमा यार्सागुम्बा सङ्कलनका लागि छुट्टै कार्यविधि बनाएर अगाडि बढ्ने अध्यक्ष मोक्तानले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.