|

झापा : कोरोना सङ्क्रमणबाट झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुई जनाकाे मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा–४ की ४१ वर्षीया महिला रहेकी छन्। उनलाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल भर्ना गरिएको थियो।

त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। हस्पिटलको सघन उपचार कक्षमा उपचार गराइरहँदा स्वास्थ्यमा सुधार नआएपछि आफन्तले आइतबार बिरामीलाई घर ल्याएका हुन्। 

घरमा फेरि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि दमकको लाईफलाईन हस्पिटल लैजाने क्रममा राति १०ः०० बजे मृत्यु भएको परिवारले जनाएको छ। सो गाउँपालिकामा दोस्रो लहरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ। 

शिवसताक्षी वडा-१० का कोरोनाबाट नै ६१ वर्षीय टङ्क विमलीकोे पनि आइतबार नै उपचारका क्रममा विर्तासटी अस्पतालमा मृत्यु भएको हो। मृतक दोमुखामा दुई दशकदेखि होटल व्यवसाय गर्दै आएका थिए।  

शिवसताक्षीमा कोरोनाको दोस्रो लहरयता हालसम्म आठ सङ्क्रमितको मृत्यु भइसकेको छ। त्यसैगरी हाल नगरका ३५८ सङ्क्रमितमध्ये २२१ निको भइसकेका छन् भने १८८ सक्रिय सङ्क्रमित उपचाररत रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.